१० जेठ २०८१ – बेलका। जेठ १० जात विरुद्ध दिवसको सन्दर्भमा जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल जिल्ला समिति उदयपुर/दलित मुक्ति मोर्चा बेलका नगर को आयोजनामा नारा जुलुस प्रदर्शन भएको छ।
बेलका ९ रामपुरको सिटि हलबाट सुरु भएको नारा जुलुस तथा र्याली पुरानो थाना हुँदै बुद्ध चोक सम्म पुगेर पुनः रामपुर बजारको मुख्य चोकमा कोण सभा गरि सम्पन्न भएको थियो।
प्लेकार्डमा जात व्यवस्था खारेज गरौं, छुवाछूत भेदभाव अहिलेसम्म, दलित मारिने कहिलेसम्म, मान्छे मार्न पाइन्दैन जात व्यवस्था चाहिन्दैन जस्ता नारा रहेको थियो। समग्रमा भन्दा जातीय भेदभाव अन्त्य होस भन्ने उद्देश्यले उक्त नारा जुलुस तथा प्रदर्शन गरिएको एक प्रदर्शनका अगुवाइ कर्ताले बताए।