
असोज १४, बेलका । जनता समाजवादी पार्टीको बेलका नगर समिती रुपान्तरण संगै नगर स्तरिय युवा संघको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।
सुरेन्द्र खालिङ राईको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष अशोक राई, अतिथिहरु केन्द्रिय उपाध्यक्ष शुसिला श्रेष्ठ, केन्द्रिय सदस्य उर्मिला राई, १ नं प्रदेश समिति सदस्य बिश्वराज राई, किरात राष्ट्रिय समिति उपाध्यक्ष गणेश पुमा राई, सचिब गोपाल राई, सदस्य मोहन बिक लगायत जिल्ला,निर्वाचन क्षेत्रका नेताहरुको उपस्थिति रहेको थियो ।
जसपा नेपाल बाट बिभाजित भैइ बनेको जनता समाजवादी पार्टी (जसपा) ले हाल देश ब्यापी रुपमा (रुपु) अर्थात पार्टी रुपान्तरण तथा पुनर्गठन कार्यक्रम लाई तिब्र रुपमा अगाडी बढाएको छ। जस अन्तरगत आज उदयपुर जिल्ला बेलका नगर समितिको रुपान्तरण कार्यक्रम मार्फत सुरेन्द्र खालिङ राईको अध्यक्षतामा २५ सदस्य कार्य समिति र श्याम मगरको अध्यक्षतामा २७ सदस्य समाजवादी युवा नगर समिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि रहनुभएका अशोक राईले सबै जातिको पहिचानले मात्र सबैको भाषा,धर्म,संस्कार,संस्कृतिको संरक्षण हुने। यस बाट शान्ती स्थापना हुदै बल्ल सबैले चाहेको आधुनिक समृद्द नेपाल बन्ने बताउनु भयो ।
कार्यक्रम बेलका नगरको आदीबासी जनजाति सभा हलमा भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य तेज बहादुर मगरले राखेका थिए ।

