१८ साउन, बेलका । उदयपुर जिल्ला, बेलका नगरपालिका वडा नं ६ मुस्कान चौक स्थित जोगिनी पाखा सामुदायिक बनको १.५६ हेक्टर क्षेत्रफल जमिन भित्र निर्माणाधिन समावेसी पार्कमा आज बाट जनश्रमदान सुरुभएको छ ।
उक्त पार्क निर्माणका लागी दातृ संस्था श्री डिभिजन बन कार्यालय गाईघाट उदयपुर रहेको छ भने पहल तथा सहयोगी संस्था जोगिनी पाखा सामुदायिक बन उपभोक्ता समिति बेलका ३ र ६ रहेको छ। आफ्नो ठाउ आफैं बनाउ भन्ने मुल नाराका साथ आज भएको श्रमदानमा बु्द्द प्रगति टोल बिकास संस्था र शान्ति टोल बिकास संस्थाका श्रमदाता हरुको उपस्थिति रहेको थियो ।

निर्माण भै रहेको समावेसी पार्कमा भएका जरा,ठुटा,मुडा सरसफाइ संगै विभिन्न प्रजातिका बोटबिरुवा तथा फुलहरु रोप्ने काम भएको छ। सो क्रममा उत्साहका साथ उपस्थित भएका श्रमदाता हरुले आफ्नो ठाउमा पनि पर्यटनको बिकास सुरुभएको हुदा गर्वका साथ आफु पनि सहभागी हुन पाएकोमा खुसी ब्यक्त गरेका छन ।
आज देखी सुरुभएको श्रमदान क्रमशः भोलि बाट रंगशाला टोल बिकास संस्था,लेकाली टोल बिकास संस्था,जोगिनी टोल बिकास संस्था,बिराजे टोल बिकास सस्था,समृदी टोल बिकास संस्था,उज्यालो टोल बिकास संस्था,नेवार टोल बिकास संस्था,कालिका टोल बिकास संस्था र बुद्द एकता क्लब सहभागी हुनेछन साथै पार्क निर्माण समितीले प्रत्येक शुक्रबार बिहान ७ बजे देखी काम गर्ने भएको हुदा अन्य ईच्छुक श्रमदाता हरुलाई पनि सहभागी भै दिन हुन पार्क निर्माण समिति साथै जोगिनी पाखा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष तेज बहादुर मगरले अनुरोध गरेका छन ।