
बेलका, २२ भाद्र। जनता समाजवादी पार्टी, नेपाल “किरात राष्ट्रिय समितिको आयोजना एवं बेलका नगर कार्य समितिको व्यवस्थापनमा २ दिने अभिमुखी तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ। बेलका नगरपालिका वडा नम्बर ८ डुम्रीबोटे स्थित एल. के. खोज रिसोर्टको भवनमा आज उक्त कार्यक्रमको औपचारिक उद्घाटन गरि सुरु भएको हो।
२ दिने अभिमुखी तथा प्रशिक्षण कार्यक्रमको आजको पहिलो दिन माननिय पुर्व मन्त्री तथा वर्तमान सांसद राज किशोर यादव, केन्द्रिय कार्यकारिणी समिति सदस्य द्वय पर्शुराम बस्नेत र रणध्वज कन्दङ्वाले विशेष प्रशिक्षण दिनु भएको थियो। जसमा माननीय राज किशोर यादवले समसामयिक राजनीतिक परिस्थिति र हाम्रो कार्यभार बिषयमा त्यसैगरी पर्शुराम बस्नेतले समानुपातिक समबेशी प्रतिनिधित्वको व्यवस्था बिषयमा र रणध्वज कन्दङ्वाले पार्टी निर्माणमा (जनवर्गीय संगठनको) भुमिका र पार्टी संगको अन्तर सम्बन्ध बिषयमा प्रशिक्षण गराउनु भएको हो।
कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालको विभिन्न तह र तप्काका नेतागण, किरात राष्ट्रिय समितिका पदाधिकारी, लिम्बुवान राष्ट्रिय समिति, शिल्पी, एवं विभिन्न जिल्लाका नेता, कार्यकर्ता र जसपा नेपाल बेलका नगर समितिको बृहत सहभागिता रहेको थियो। प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई उत्साहजनक बनाउन र थप ध्यानाकर्षण गराउनका लागि बीच बीचमा बिनि(मिनयुङ) राई ले नृत्य प्रस्तुत गरेकी थिइन भने शम्भु थापाले गीत गाएर मनोरञ्जन समेत प्रदान गरेका थिए।
किरात राष्ट्रिय समितिको अध्यक्ष रमेश राईको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा उपाध्यक्ष बिना राई ले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव द्वय गोपाल राई र प्रसन्न कुमार राई ले कार्यक्रम संचालन गर्नु भएको थियो।
अभिमुखी तथा प्रशिक्षण कार्यक्रमको दोस्रो दिन (भोलि २३ गते) शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक कुमार राई, माननीय सांसद सुशिला श्रेष्ठ र पुर्व मन्त्री तथा जसपा नेपालका नेता रकम चेम्जोङले प्रशिक्षण गराउने जसपा नेपाल बेलका नगर कमिटी अध्यक्ष सुरेन्द्र खालिङ राई ले बताउनु भयो।







