
२४ बैशाख २०८१ – बेलका। उदयपुरको बेलका नगरपालिकामा किरात राई साँस्कृतिक कलाकार संघको समिति गठन भएको छ। बेलका ९ कमलाबारी साकेला पार्कमा बिबेक राई (शङ्कर राई भोले बाबा) को अध्यक्षतामा ९ सदस्यको समिति आज गठन भएको हो।
उपाध्यक्षमा चादनी राई, सचिबमा बद्रीबिक्रम राई, कोषाध्यक्षमा बिनु राई, सदस्यमा बर्षा राई, मिलन राई, सुनिता राई, भिषण राई र लक्ष्मी राई सर्वसम्मत चयन भएका छन।
किरात राई यायोक्खा केन्द्रिय कार्य समितिका सदस्य मनिकुमार राई को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा किरात राई यायोक्खा पुर्व दक्षिण कोरियाका उपाध्यक्ष महेन्द्र राई, वर्तमान प्रदेश १ का सदस्य प्रमोद जङ्ग राई, फोनिजका उपाध्यक्ष राजेन्द्र दुष्ट, जिल्ला सचिब सुरेन्द्र खालिङ, चौदण्डिगढी नगर कमिटी अध्यक्ष शशी राई, किरात राई साँस्कृतिक कलाकार संघ उदयपुरका कार्यबाहक अध्यक्ष संरक्षक राई, सदस्य प्रेम जङ्ग किराती, नेपाल आदिवासी जनजाति महासंघ बेलका नगर समितिका उपाध्यक्ष राम प्रसाद राई लगायतको उपस्थिति रहेको थियो।
किरात राई यायोक्खा बेलका नगर कार्य समितिका सचिब प्रविण वान्तावा राई को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राम प्रसाद राई ले स्वागत मन्तव्य राखेका थिए भने कविता राई(मिक्की) ले कार्यक्रम सन्चालन गरेकी थिइन।
