बैशाख २४, बेलका।
२०८१ सालको कक्षा १२ को परीक्षा बेलका नगरमा शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सञ्चालन भइरहेको छ। परीक्षा आज दोस्रो दिन पनि कुनै अवरोध विना सम्पन्न भएको छ।
बेलका नगर शिक्षा शाखा प्रमुख हरी कट्टेलका अनुसार, बेलकामा श्री जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरी र श्री कोशी जनता माध्यमिक विद्यालय रामपुर गरी दुई वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ। ती केन्द्रहरूमा जम्मा ४७२ जना विद्यार्थी सहभागी रहेका छन्।

परीक्षा यो वर्ष बैशाख २१ गतेदेखि सुरु भई जेठ २ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा सञ्चालनमा सुरक्षा व्यवस्था र प्रशासनिक तयारी सन्तोषजनक रहेको बताइएको छ। साथै, विद्यार्थीहरूको उपस्थिति दर पनि उत्साहजनक रहेको शिक्षा शाखाले जनाएको छ।