माघ १८, बेलका । बेलका नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज एच.पि.भी. खोप अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बेलका नगरका नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कक्षा ६ देखी कक्षा १० सम्मका बिधार्थी र बिधालय नगएका १० देखी १४ बर्ष उमेर समुहका किशोरी हरुलाई लक्षित गरी एच.पि.भी. खोप यही माघ २३ बाट २६ गते सम्म बिधालय संगै स्वास्थ्य कार्यलय हरुमा सन्चालन हुने र एच.पि.भी. खोप के हो? यस रोगका लक्षण हरु के के हुन र कसरी सुरक्षित हुने भन्ने बारेमा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका खोप अधिकृत चिरन्जिबि निरौलाले अभिमुखीकरण कार्यक्रमको सहजिकरण गरेका थिए।
कार्यक्रममा उप-प्रमुख जिरा राई,बिभिन्न वडाका वडाध्यक्ष,वडा सदस्य,जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रामनरेश ठाकुर,कोल्ड चेन अधिकृत नरेश प्रसाद श्रीवास्तब,बिभिन्न स्वास्थ्य शाखाका प्रमुख,स्वयम सेविका लगायत पत्रकार हरुको उपस्थिति रहेको थियो।
बेलका नगरपालिकाको सभा हलमा सम्पन्न उक्त कार्यक्रमको सन्चालन भने देबिन मगरले गरेका थिए ।