
२६ फागुन २०८० – बेलका। बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा बुद्ध चोक खेल मैदानमा भइरहेको प्रथम बुद्ध मिनि गोल्ड कप २०८० मा बुद्ध एकता क्लब(आयोजक) बेलका, उदयपुरको बिजय सुरुवात भएको छ। साहारा फुटबल क्लब धरान सुन्सरी संग आज भएको खेलमा टाइब्रेकरमा जित हासिल गर्दै आयोजकले बिजय सुरुवात गरेको हो।
खेलको निर्धारित समय अवधी भित्र दुवै टिमबाट कुनै पनि गोल नभए पछि अन्तिम नतिजाको लागि टाइब्रेकर द्वारा खेल अगाडि बढाइएको थियो। बिजय सुरुवात संगै आयोजक सेमिफाइनल प्रवेश गरेको छ। आजको म्यान अफ द म्याच बुद्ध एकता क्लब(आयोजक) का गोल किपर उद्दप मगरले पाएका छन।
भोलि फागुन २७ गते बुद्ध APF पकली सुन्सरी र फ्युजन फुटबल क्लब गाईघाट, उदयपुर बिच दिउँसो ३ बजेबाट खेल हुनेछ।