२६ भदौ, बेलका। बुद्ध एकता क्लबको सहभागीतामा बेलका जनता क्याम्पसको सरसफाइ कार्य आज सम्पन्न भएको छ।
बुद्ध एकता क्लबको विशेष नेतृत्व, सक्रियता र सहभागीतामा भएको उक्त सरसफाइ कार्यक्रममा बेलका नगर प्रमुख अशोक कार्की, बि.ब्य.स. अध्यक्ष रमण भट्टराई, क्याम्पस प्रमुख सुमन कटुवाल, बुद्ध एकता क्लबका संस्थापक अध्यक्ष(पुर्व अध्यक्ष) तथा जनता समाजवादी पार्टी नेपाल केन्द्रिय सम्पर्क समितिका सकिव महेन्द्र राई, नेकपा एमाले बेलका नगर कमिटी अध्यक्ष गणेश बस्नेत, नेकपा माओवादी केन्द्र बेलका नगर कमिटी अध्यक्ष मनोज तामाङ, जनता समाजवादी पार्टी नेपाल बेलका नगर कमिटी अध्यक्ष सुरेन्द्र खालिङ त्यसैगरी बुद्ध एकता क्लबका अध्यक्ष धन कुमार राई, अन्य पदाधिकारी, खेलाडीहरु र स्थानीयहरुको सहभागीता रहेको थियो।
बेलका जनता क्याम्पस बेलकाको एक मात्र क्याम्पस हो। जहाँ ४ बर्षे व्यवस्थापन(बि.बि.एस.) संकाय संचालम हुँदै आएको छ। बेलकाको एक मात्र क्याम्पस भए पनि विद्यार्थी सङ्ख्या कमि, अन्य विभिन्न कारणले क्याम्पसमा नियमित पठनपाठन नहुदा केहि जन गुनासोहरु समेत खेपिरहेको अवस्थामा अहिले भने बेलका नगर सरकार तथा क्याम्पस परिवार क्याम्पसलाई राम्रो बनाउनको लागि सबै अग्रसर रहेका छन।
अहिलेसम्म व्यवस्थापन संकाय मात्रै संचालन हुँदै आएको क्याम्पसमा आगामी दिनमा शिक्षा, कृषि संकायको लागि पनि पहल भइरहेको स्रोतले जनाएको छ। वास्तवमा बेलका जनता क्याम्पस बेलका नगरपालिका कै एक मात्र क्याम्पस भएकोले सबै मिलेर यसलाई एक नमुना क्याम्पस बनाउन तर्फ अग्रसर हुन आवस्यक देखिन्छ।









