उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं.-४ बसाहाको जन उद्धार युवा फुटबल क्लव चौताराको आयोजनामा राँगाकप फुटबल प्रतियोगिता भइरहेको छ। “लागू औषध विरुद्ध खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ यही असोज ६ गतेदेखि उक्त प्रतियोगिता भइरहेको हो।
युवा पुस्ताको ध्यान र विचार फुर्सदको समयमा कुलततिर होइन खेलकुदतिर आकर्षित गराउने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरिएको संयाेजक नवीन सुप्तिहाङ राईले जनाउनुभएको छ। राईका अनुसार सो सन्देशमूलक प्रतियोगिता सम्पन्न गराउन क्लवका पूर्व खेलाडी अमरजित राई, अशोक कुमार राई तथा युवा व्यवसायी हाल काठमाडौमा कार्यरत बिनय राईले आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ भने अन्य सहयोगी हातहरुबाट समेत आर्थिक सहयोग प्राप्त भइरहेको छ।
आयोजक टिम सहित जम्मा १४ टिमको सहभागिता रहेको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ ।
लागू औषध विरुद्ध स्थानीय सरकारको ध्यान नगएकोले आगामी दिनमा यसको विरुद्धमा सन्देशमूलक अभियान सञ्चालन गर्न स्थानीय सरकार तथा अन्य संघ संस्थालाई संयाेजक राईले आह्वान समेत गर्नुभएको छ।

