
१८ फागुन २०८० – बेलका। बुद्ध एकता क्लबको आयोजनामा यहीँ फागुन २४ गते देखि चैत्र १ गतेसम्म “प्रथम बुद्ध मिनि गोल्ड कप २०८०” को आयोजना हुने भएको छ। आज एक पत्रकार सम्मेलन गरि उक्त गोल्ड कप बारे आयोजक बुद्ध एकता क्लबले जानकारी गराएको छ।
“हाम्रो प्रत्येक गोल, दुर्व्यसनी विरुद्धको बोल” भन्ने मुख्य नाराका साथ आयोजित गोल्ड कपको बिजेता र उप बिजेता टिमले प्राप्त गर्ने छन क्रमश नगद रु.५० हजार, रु.३० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र। प्रत्येक खेलमा म्यान अफ द म्याच अन्तर्गत खेलाडीले रु.१५००/- पाउने छ भने प्रतियोगिताको उत्कृष्ट बिधा अन्तर्गतको खेलाडीले नगद रु.२५००/- पाउने आयोजकले बताएका छन।
गोल्ड कपमा APF पकली, फ्युजन फुटबल क्लब गाईघाट, बोइज फुटबल क्लब इटहरी, बेल्टार एकता युवा क्लब चौदण्डिगढी, बराहक्षेत्र क्लब सुनसरी, प्रकाशपुर फुटबल क्लब प्रकाशपुर, सहारा फुटबल क्लब धरान म र बुद्ध एकता क्लब बेलका गरि जम्मा ८ वटा टिमको सहभागी रहने छ।
प्रथम बुद्ध मिनि गोल्ड कप को सह आयोजक श्री गौरिसुर्योदय इङलिस बोर्डिङ स्कुल बेलका ६ रहेको छ भने मुख्य प्रायोजकमा डिबि राई मेमो ग्रुप मलेसिया रहेको छ र अफिसियल मुख्य मिडिया पार्टनरमा रेडियो बेलका एफ.एम. १००.९ मेगाहर्ज मिडिया पार्टनरमा आवर बेलका र बेलका पोस्ट रहेको छ। खेलको सम्पुर्ण प्रत्यक्ष प्रसारण(लाइभ) बेलका एफ. एम. द्वारा हुने छ।