
२८ चैत्र, बेलका । प्रभात स्मृति जागरण समाजको १३औं वार्षिक उत्सव तथा देउराली सामुदायिक भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। उदयपुर बेलका नगरपालिका वडा नम्बर ६ देउरालीमा एक औपचारिक कार्यक्रम गरि उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा अन्तर संस्था/समुह/क्लब स्तरीय हाजिरीजवाफ प्रतियोगिता (३ बर्षे रनिङ्ग शिल्ड) र ५ किलोमीटर दौड प्रतियोगिता समेत भएको थियो। हाजिरीजवाफ प्रतियोगिता तर्फ दुधकोशी जनचेतना समाज प्रथम र जनप्रकाश युवा समुह दोस्रो भएको छ भने दौड प्रतियोगिता तर्फ जनप्रकाश युवा समुह कै रोमन राई प्रथम र दिपेश राई दोस्रो भएका छन्। बिजेताहरुलाई नगद सहित मेडल, र प्रमाणपत्र आयोजकले प्रदान गर्नु भएको छ।

बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्कीको प्रमुख आतिथ्यता सम्पन्न भएको उक्त कार्यक्रममा बिशेष अतिथि बेलका नगरपालिका वडा नम्बर ६ का वडा सदस्य नारायण राई त्यसैगरी नेपाली काङ्ग्रेस पार्टी सभा पति खगेन्द्र राई, नेकपा एमाले पार्टी अध्यक्ष लाल बहादुर राई, शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संस्थाका प्रतिनिधि, टोल बिकास संस्थाका प्रतिनिधि लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।

बेलका नगरपालिका वडा नम्बर ६ बाट बिनियोजित १ लाख पचास हजार र आफ्नो टोलको सहयोग अनि सक्रियता र जनश्रमदानबाट देउराली सामुदायिक भवनको निर्माण गरिएको उक्त संस्थाका अध्यक्ष एवं बेलका ६ का महिला सदस्य बिभा राईले बताउनु भयो। नगर प्रमुख तथा प्रमुख अतिथि अशोक कार्कीले १ लाख ५० हजार मै राम्रो भवन निर्माण गरेकोमा बधाई तथा खुसी व्यक्त गर्नु भएको छ। थोरै रकम सहयोग बाटै यतिको भवन निर्माण गर्न सक्नु कुनै चानचुने कुरा होइन, उन्ने भने, “यदि यहीँ भवन कुनै सरकारी भवन भएको भए १५ लाख भन्दा बढि खर्च हुने थियो।” नगर प्रमुख ले आउने दिनमा भवनको बाकी कामको लागि सहयोगको गर्ने आश्वासन समेत व्यक्त गर्नु भएको छ। बिशेष अतिथि नारायण राई, अतिथि लाल बहादुर राई र खगेन्द्र राई ले पनि वडाबाट प्राप्त थोरै सहयोगमा ठुलो र राम्रो भवनको निर्माण भएकोमा खुसी व्यक्त गर्नु भयो।

बि. स. २०५७ सालमा क्लबको रूपमा स्थापना भएको एउटा संस्था र पछि स्थापना भएको युवा समुहहरुको एउटै उद्देश भएकोले मर्ज गरि प्रभात स्मृति जागरण समाज संचालन गरिरहेको अध्यक्ष सलोन राई ले बताउनु भयो। विगत देखी नै विभिन्न कार्यक्रमहरु गर्दै आएको यस संस्थाले अहिले जुवा, तास, डाइस जस्ता खेलहरुको न्यूनीकरणको अभियानमा जुटिरहेको पनि बताउनु भयो।

हाजिरीजवाफ प्रतियोगितामा निर्णायकको रूपमा शिक्षक मेनेन्द्र चोङ्बाङ, प्रसाद राई र मिडिया कर्मी आर्जे प्रविण बान्तावा राई रहनु भएको थियो। महिला समुहको अध्यक्ष बिभा राई को अध्यक्षतामा संचालन भएको कार्यक्रममा कोषाध्यक्ष चन्द्र राई ले स्वागत मन्तव्य राख्नु भएको थियो। र सचिब रमना राई र सलोन राइ ले कार्यक्रम संचालन गर्नु भएको हो
