
बेलका, १ असार।
प्रथम लालबजार च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता २०८० को दोस्रो सेमिफाइनल खेल आज सम्पन्न भएको छ।आज भएको सेमिफाइनल खेलमा बेलका ३ रातापानी फुटबल क्लबलाई २ – ० गोल अन्तरले हराउदै बेलका ४ लालबजार, सुनाखरी युवा क्लब (आयोजक) “ए” फाइनल पुगेको छ। खेलको म्यान अफ दि म्याच सुनाखरी युवा क्लबका अरुण राई ले रु.५००/- पाएका छन। जसको प्रायोजन बेलका ५ मैनिका देबिन मगरले गरेका हुन।

फाइनल खेल बेलका ४ लालबजार सुनाखरी युवा क्लब (आयोजक) “ए” र बेलका ८ यलम्बर स्पोर्टिङ क्लब बीच हुने छ। सुनाखरी युवा क्लबले बेलका १ ह्यापी फुटबल क्लब र बेलका ३ रातापानी फुटबल क्लबलाई हराउदै फाइनलको यात्रा तय गरेको हो भने बेलका ८ यलम्बर स्पोर्टिङ क्लबले बेलका ३ बुद्ध एकता क्लब र बेलका ४ सुनाखरी युवा क्लब (आयोजक) “बि” लाई हराउदै फाइनल पुगेको हो।

सुनाखरी युवा क्लब बेलका ४ लालबजार को आयोजना तथा राईडर्स रेन्ज, धरानको सह-प्रायोजनमा आयोजित प्रथम लालबजार च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता २०८० को फाइनल असार ३ गते दिउँसो ३ बजेबाट हुने आयोजकका अध्यक्ष आशिष राई र सचिब रबिन राई ले बताएका छन।




