
बेलका, २८ जेष्ठ।
बेलका नगरपालिका ४ लालबजारमा प्रथम लालबजार च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता २०८० को उद्घाटन भएको छ। सुनाखरी युवा क्लब बेलका ४ को आयोजना तथा राईडर्स रेन्ज, धरानको सह-प्रायोजकमा आयोजित उक्त खेलको औपचारिक उद्घाटन आज भएको हो।

आज भएको उद्घाटन खेलमा सुनाखरी युवा क्लब (आयोजक) बि र बेलका ८, रियल डुम्रीबोटे बीचको खेलमा २-१ गोल अन्तरले जित हासिल गर्दै आयोजक बि सेमिफाइनलमा प्रवेश छ। प्रतियोगितामा बेलका नगरपालिकाको जम्मा ८ वटा टिमको सहभागिता रहेको छ।

जेष्ठ २८ गते देखि असार ३ गते सम्म हुने यस प्रतियोगिताको प्रथम र दोस्रो विजेता टिमले क्रमश नगद रु.२० हजार, रु.१० हजार , शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन।








