
९ पुष – बेलका। बेलका ८ डुड्खोला स्थित यलम्बर एकता सेवा समाज द्वारा आयोजित प्रथम यलम्बर कप २०८१ को सभ्य र भब्य रुपमा उद्घाटन भएको छ। यलम्बर खेलमैदानमा आज एक औपचारिक कार्यक्रम बिच बेलका नगरपालिका ८ का वडा अध्यक्ष जयकुमार राईले उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको हो।
आजको उद्घाटन खेलमा बेल्टार एकता युवा क्लब चौदण्डिगढी नगरपालिका उदयपुरलाई ० – १ गोल अन्तरले पराजित गर्दै पट्नाली फुटबल क्लब धरान १७ सुन्सरी सेमिफाइनल प्रवेश गरेको छ। पट्नालीको तर्फबाट सुगम राईले निर्णायक गोल गरेको थिए। खेलको म्यान अफ द म्याच पट्नालीका पेरिस केसी घोषित भए। उनलाई ब्रदरहुड फुटबल क्लबका अध्यक्ष रबिन तामाङ, सचिब अमर शिवाकोटी र संयोजक देबिन मगरले नगद रु.१००५/- सहित ट्रफीले पुरस्कृत गर्नु भयो।
विभिन्न पालिकाको ८ वटा टिमको सहभागीता रहेको यस प्रतियोगितामा बिजेता टिमले नगद रु.३५,००५/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन भने उप बिजेता टिमले नगद रु.२०,००५/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन। साथमा अन्य बिधागत पुरस्कार समेत रहेको छ। सम्पुर्ण बिधागत पुरस्कार ब्रदरहुड फुटबल क्लबले प्रायोजन गरेको हो।
यलम्बर एकता सेवा समाजका अध्यक्ष भरत राईको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा बेलका ९ का वडा अध्यक्ष भरत घिमिरे, बेलका ८ का वडा सदस्यहरु पर्बत राई, देबिमाया बास्टोला त्यसैगरी हिराजङ राई, रबिन मगर, लक्ष्मी बिष्ट, सुमनसागर खतिवडा, सन्तोष कार्की, मनिका राई, देबराज किराँती, जलकुमार राई लगायत अन्य समाजसेवी, खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।
मनोरञ्जन संगै खेलकुदको बिकास र भाइचाराको सम्बन्ध स्थापित गर्न प्रतियोगिताको आयोजना गरेको व्यवस्थापक राजु राईले बताए।
हात्तिसार सामुदायिक बन उपभोक्ता समितिको सह आयोजना, ब्रदरहुड फुटबल क्लबको प्राबिधिक सहयोग तथा रेडियो बेलका एफ.एम. १००.९ मेगाहर्जको मिडिया पार्टनर र प्रत्यक्ष प्रसारणमा भोलि पुष १६ गते सम्म संचालन हुने प्रतियोगिताको भोलि पुष १० गते बुधबार ब्रदरहुड फुटबल क्लब बेलका र बराहक्षेत्र फुटबल क्लब, सुन्सरी बिच दिउसो २ बजेबाट खेल हुने आयोजकका जबिन राई ले बताउनु भयो।



