
१३ मङ्सिर – बेलका। पन्चकन्या फुटबल क्लब द्वारा आयोजित प्रथम मैनारानी गोल्डकप फुटबल प्रतियोगिता २०८१ को उपाधी एभरेस्ट फुटबल क्लब बराहक्षेत्र, सुनसरीले जितेको छ। बेलका ८ मेखबारी खेलमैदानमा आज भएको फाइनल खेलमा गाईघाट फुटबल क्लब, उदयपुरलाई १ – २ गोल अन्तरले पराजित गर्दै एभरेस्ट एफसीले जित हासिल गरेको हो।
बिजेता टिम एभरेस्ट एफसीलाई नगद रु. १ लाख सहित, ट्रफी, मेडल र प्रमाणपत्र त्यसैगरी उप बिजेता टिम गाईघाट एफसीलाई नगद रु. ५५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र ले अतिथि एवं आयोजकले पुरस्कृत गरे।
पन्चकन्या फुटबल क्लबका अध्यक्ष आशिष संगम राई को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, बिशिस्ट अतिथि कोशी प्रदेशका प्रदेश सांसद राजन किराँती बासु, बिशेष अतिथि बेलका बेलका नगर प्रमुख अशोक कार्की, उप प्रमुख जिरा राई, ८ नम्बर वडा अध्यक्ष जयकुमार राई, अन्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सहयोगी संघसस्थाका प्रतिनिधिहरु, सुरक्षा निकाय लगायत खेलाडी र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।
स्थानीय पर्यटकीय क्षेत्रहरुलाई प्रचारप्रसार एवं पर्यटन प्रवर्द्धन र खेलाडीहरु उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्यले मङ्सिर ६ गते सुरु भएको गोल्डकपको आज समापन भएको हो। प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागी रहेको व्यवस्थापक प्रदेश राई ले बताउनु भयो। आजको फाइनल खेलको औपचारिक कार्यक्रम धरानकी चिरपरिचित कुशल कार्यक्रम उद्घोषिका सन्जु राई ले संचालन गर्नु भएको थियो भने कार्यक्रमको बारेमा प्रकाश पार्दै अतिथि र सम्पुर्ण उपस्थितिलाई संयोजक सुरेन्द्र चाम्लिङ राई ले स्वागत मन्तव्य द्वारा स्वागत गर्नु भएको थियो।




