
१७ चैत्र २०८० – बेलका। बेलका ६ देउराली समाजको आयोजना र बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा प्रथम देउराली कप खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता को सभ्य र भब्य रुपमा समापन भएको छ। बेलका नगरपालिका वडा नं. ६ स्थित देउराली भलिबल खेल मैदानमा उक्त प्रतियोगिता आज सम्पन्न भएको हो।

“हाम्रो प्रतिबद्धता समृद्धिका लागि युवा एकता” भन्ने मुख्य नाराका साथ चैत्र १५ गते सुरु भएको भलिबल प्रतियोगितामा उदयपुर, भोजपुर र खोटाङ जिल्ला गरि जम्मा १० वटा टिमहरुको सहभागिता रहेको थियो। जसमा प्रथम आम्चोक दुम्माना भोजपुर, दोस्रो फाक्टाङ खोटाङ र तेस्रो देउराली समाज(आयोजक) बिजय भएको भएको थियो। बिजय टिमहरुलाई क्रमश: २० हजार, १२ हजार, ५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्रले आयोजक तथा अतिथिहरुले पुरस्कृत गरेका थिए। त्यसैगरी आज भएको महिला बबला र देउराली समाज बिचको मैत्रीपूर्ण खेलमा बबला प्रथम र देउराली दोस्रो बिजय भएको थियो। प्रथम र दोस्रो बिजेता टिमहरुलाई मेडल नगद द्वारा आयोजकले पुरस्कृत गरेको थियो।

देउराली समाजका अध्यक्ष नरेश राई को अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की, बिशेष अतिथिहरु बेलका ६ का वडा अध्यक्ष वसन्त मगर, बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई, अतिथिहरु वडा सदस्य बिभा कुमारी राई, नेपाली काङ्ग्रेस बेलका ६ का सभापति खगेन्द्र राई, नबिन राई, लिला पराजुली, सुमन सागर खतिवडा, मोहन कार्की, मेनेन्द्र चोङ्बाङ, नरेश खड्का, राजधन राई, कर्ण राई, पदम कटुवाल, भिश्मा राई, टोल बिकास संस्थाका पदाधिकारीहरु, शिक्षक, बुद्धिजीवी, खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा आयोजकका कलाकारहरुले बिबिध नृत्यहरु समेत प्रस्तुत गरेका थिए। देउराली समाजका सल्लाहकार रमना राई ले कार्यक्रम संचालन गरेकि थिइन भने सल्लाहकार सुर्य राई ले स्वागत मन्तव्य राखेका थिए।


