२३ जेठ, बेलका । “खेल खेलौ स्वास्थ्यका लागी, खेलाडी राष्ट्रका लागी” भन्ने मुख्य नारा सहित सुनाखरी युवा क्लबको आयोजना तथा मुख्य सहयोगी धिरेन्द्र कुमार दाहाल रौतामाई कन्ट्रक्सन प्रालि, बिशेष सहयोगी बेलका नगरपालिका, दोस्रो पुरस्कार स्वर्गिय बुवा देबी बहादुर राईको सम्झनामा छोरा डि.बि. राई, संरक्षक बेलका नगर वडा नं-४ र बेलका नगर युवा तथा खेलकुद बिकास समितीको समन्वयमा आयोजित लालबजार खेल मैदानमा भएको “प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१” मा बुद्द एकता क्लब बेलकाले फाईनलको उपाधि चुमेको छ। आज भएको खेलमा बुद्द एकता क्लबले १-० को गोल अन्तरले बेल्टार युनाईटेड क्लब चौदण्डी लाई हराउदै उपाधि चुमेको हो।
निक्कै रोमाञ्चक साथै प्रतिसपर्धात्मक खेलमा मध्यान्तर अगाडी दुवै तर्फ बाट राम्रा अवशरहरु पाए पनि सदुपयोग गर्न नसक्दा कुनै गोल हुन सकेन ।मध्यान्तर पछाडी ६१ मिनेटमा बुद्द एकता क्लबको तर्फ बाट जर्सी नं १२ का एलन राईले १ गोल गरेर आफ्नो टिमलाई उपाधि दिलाउदै खेलको नायक बन्न सफल भए । उपाधि बिजेताले नगद रु. ४०,०००/- सहित शिल्ड,मेडल र प्रमाणपत्र त्यसै गरी उपबिजेताले नगद रु. २५,०००/- सहित शिल्ड,मेडल सँगै प्रमाणपत्र प्राप्त गरेका छन। खेलको म्यान अफ द म्याच बुद्द एकता क्लबका जर्सी न.१२ का एलन राई ले प्राप्त गरेका छन। बिधागत पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर बुद्ध एकताबाट जर्सी न.१८ का अनिल मगर , उत्कृष्ट डिफेन्डर जर्सी न. २४ का वसन्त राई बेल्टार युनाइटेड बाट बनेका छन भने , उदीयमान खेलाडी सुनाखरी युवा क्लबका प्रेम बि.क, सर्वाधिक गोलकर्ता जर्सी न.११ का अभिस मगर रहे भने क्रमश: नगद रु. १,०००/- सहित ट्रफी प्राप्त गरेका छन ।
जेठ १६ गते बेलका नगरपालिका का प्रमुख (मेयर) अशोक कार्कीको प्रमुख आतिथ्यतामा उदघाटन भएको प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ आज बेलका नगर प्रमुख (मेयर)अशोक कार्कीको प्रमुख आतिथ्यता सँगै जनप्रतिनिधि,राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,सामाजिक संस्थाका प्रतिनिधि,बुद्दिजिबी,पत्रकार साथै खेलप्रेमी दर्शकहरुको बाक्लो उपस्थितिमा समापन भएको हो।कार्यक्रमको अध्यक्षता आयोजक सुनाखरी युवा क्लबका अध्यक्ष चित्र कार्कीले गरेका थिए भने कार्यक्रम सन्चालन आयोजक कमिटीका पदाधिकारी तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितीका सचिब दिपेन राना मगरले गरेका थिए।यस खेल आयोजनामा जम्मा ८ वटा टिमको सहभागिता रहेको थियो ।