१७ जेठ, बेलका । सुनाखरी युवा क्लबको आयोजना तथा धिरेन्द्र कुमार दाहाल रौतामाई कन्ट्रक्सन प्रालि. गाईघाटको मुख्य सहयोगमा आयोजित लालबजार खेल मैदानमा भै रहेको “प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१” आजको खेल रियल डुम्रीबोटे फुटबल क्लब र अजम्बरी फुटबल क्लब बिच भएको छ। यस खेलमा अजम्बरी फुटबल क्लब ४-१ को गोल अन्तरले सेमिफाईनल प्रबेश गरेको छ।
अजम्बरी फुटबल क्लबका खेलाडीहरु जर्सी नं ९ का शन्देस तामाङ, जर्सी नं २२ का मुकेस फुयल र जर्सी नं १३ का रितेश तामाङले १-१ गोल गरेका थिए भने १ आत्माघाती गोल भएको थियो।रियल डुम्रीबोटे फुटबल क्लबका तर्फ बाट सान्त्वना १ गोल जर्सी नं ११ का बिनोद राईले गरेका थिए। खेलको म्यान अफ द म्याच अजम्बरी फुटबल क्लबका रितेश तामाङ ले पाएका छन। भोली १८ गतेको खेल आयोजक सुनाखरी युवा क्लब बेलका र बराहक्षेत्र फुटबल क्लब सुनसरी बिच दिनको ३ बजे देखी हुनेछ ।