
२२ भदौ २०८१ – बेलका। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्क कमल दाहाल (प्रचण्ड) भोलि (आइतबार) बेलका आउने भएका छन।
बेलका ८ स्थित बेलका रिभर्स बिच रिसोर्टमा हुने नेकपा माओवादी केन्द्र प्रदेश नं. १ का केन्द्रिय नेताहरुको बैठकमा अध्यक्ष प्रचण्ड आउन लागेको नेकपा माओवादी केन्द्र बेलका नगर कमिटीका अध्यक्ष मनोज तामाङले बताए। अध्यक्ष तामाङका अनुसार बिहान १० बजे कोशी पुलमा अध्यक्ष दाहाललाई स्वागत गरिने छ र बेलका रिभर्स बिच रिसोर्टमा बैठक हुने छ।
अध्यक्ष प्रचण्ड संगै उपाध्यक्ष नारायण काजी श्रेष्ठ, महा सचिब देब गुरुङ, अग्नि साप्कोता, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका केन्द्रिय नेताहरु समेत आउने प्रदेश कमिटी सदस्य तथा बेलका नगर कमिटी इन्चार्ज राकेश किरातीले बताउनु भयो। राकेश किरातीका अनुसार भोलि नै बेलका ९ स्थित कमलावारी मा. बि. को भवनको शिलान्यास पनि अध्यक्ष प्रचण्डले गर्ने छ।