
२९ भदौ २०८१ – बेलका। बेलका नगरपालिका ४ स्थित नर्थ स्टार इङलिस बोर्डिङ स्कुलले बिशेष कार्यक्रमको आयोजना गरि यो बर्षको राष्ट्रिय बाल दिवसलाई भब्यताका साथ मनाएको छ। आफ्नै विद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरि ६०औं बाल दिवस मनाएको हो।

संचालक राजन बस्नेत(मदन) को अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बेलका नगर उप प्रमुख जिरा राई, बिशेष अतिथि बेलका नगर शिक्षा शाखा प्रमुख सुनिल निरौला, स्कुल संस्थापक लोक ब. मगर, दिपक दंगाल लगायत अन्य जनप्रतिनिधि, सुरक्षा निकाय, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

बाल दिवस बिशेष कार्यक्रममा विद्यार्थीहरुले गीत, कविता, नृत्य, नाटक आदि प्रतिभाहरु प्रस्तुत गरेका थिए। भने The Garud Band को पनि बिशेष प्रस्तुति रहेको थियो।

नर्थ स्टार इ. बो. स्कुलमा अहिले प्ले ग्रुप देखि कक्षा १२ सम्म पढाइ भइरहेको छ। उक्त स्कुलमा अहिले २२ जना शिक्षक/शिक्षिका रहेका छन भने करिब ४२० जना विद्यार्थीहरु रहेका छन। हाल नर्थ स्टार बोर्डिङ स्कुल राजन बस्नेत(मदन) र निखिल बस्नेतले संचालन गरिरहेका छन। यस स्कुलको संस्थापक भने लोक ब. मगर हुन।




