७ असार, बेलका । बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले नगर क्षेत्रभित्र सञ्चालन भैइरहेको विभिन्न विकास निर्माणका योजनाहरुको स्थलगत अनुगमन गरेका छन् ।
यसै क्रममा आज नगरप्रमुख कार्कीले बेलका ८ सोमबारे मैयुङ्टार सडक स्तर उन्नति, कृषि तथा पशुहाट जाने सडक स्तर उन्नति बेलका ९ भचुवा, बुद्ध चौकबाट ठोक्सिला टोल हुदै बराहक्षेत्र जोड्ने बाटो पिच बेलका वडा नम्बर ३, भट्टराई चौक देखि हातिसुडे हुदै लामिडाडा सडक स्तर उन्नति बेलका ४, लालबजार-घारेघाट सडक स्तर उन्नति बेलका ४, जनता नमुना मावि गुरुङचौरीको अत्याधुनिक भवन निर्माणाधिन बेलका ४,जन्ते ढुंगा झोलुङ्गे पुल बेलका ६, मावि पुरन्दह अत्याधुनिक भवन निर्माण बेलका १ र आम्बासी-भागलपुर-रामपुर सडक निमार्ण आयोजनाको बेल्हा देखि भेटघाट चौक सडक स्तर उन्नति बेलका २ चालू आ. ब २०८०/०८१को नगरस्तरिय गौरवका आयोजनाहरुको अनुगमन गरिएको थियो ।
अनुगमनमा नगरप्रमुख कार्कीको संयोजकत्वमा बेलका नगरपालिका १,३,४,५ र ८ का वडा अध्यक्षहरु, बेलका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरे, नगर स्तरिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, शाखाका प्राविधिक र सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि पत्रकार लगायतको टोलि रहेका थिए ।