२८ फागुन- बेलका । धरान,बेलका हुदै भोजपुर जोड्ने बाटोमा यातायात अवरुद्द हुंदा दैनिक सयौं यात्रु लाई सास्ती । बेलका नगरपालिकाको वडा नं ८ मैयुङटारमा स्थानिय बासी र यातायात ब्यवसायि बिच बिबाद भए पछी केही दिन देखी यातायात ब्यवसायिले उक्त रुटमा गाडी चलाउन छोडेको हुदा दैनिक सयौं यात्रुले अर्कै बाटो हिड्नु पर्दा सास्ति भोग्नु परेको यात्रुहरुको गुनासो आएको छ।
दैनिक रुपमा धरान,ईटहरी,झुम्का,कालाबन्जर,चतरा,रामपुर लगायत बिभिन्न स्थान बाट बेलकाको कोठु हुदै मैनामैनि भएर भोजपुर जाने यात्रु हरु लाई असुबिधा हुन गएको हो । स्थानिय जनप्रतिनिधि वडा नं ८ का वडाध्यक्ष निकेस राई संग कुरा गर्दा गत २६ गते ब्यवसायि संघका प्रतिनिधि र जनप्रतिनिधि र स्थानिय बासी बिच ईलाका प्रहरी कार्यालय रामपुरमा छलफल गर्दै सहमति गरेको तर यातायात ब्यवसायिले एक तर्फी रुपमा गाडी चलाउन छाडेको बताउनु भयो ।
त्यसै गरी यातायात ब्यवसायिले रेडियो बेलका खबर संग कुरा गर्दै त्यहा ब्यवसायी हरु असुरक्षित भएको हुदा सुरक्षा संगै सहज रुपमा यातायात सन्चालन गर्ने वातावरण बन्नु पर्ने माग रहेको बताए ।