
२८ मङ्सिर – बेलका। दोस्रो माछापुच्छ्रे 7A Side च्यालेन्ज फुटबल कप २०८१ को फाइनल पन्चकन्या एफसी बेलका ८ ले जितेको छ। बेलका ९ माछापुच्छ्रे खेलमैदानमा आज भएको फाइनल खेलमा मुनलाइट स्पोर्ट्स क्लब बेलका ६ लामिडाडालाई १-४ गोल अन्तरले पराजित गर्दै पन्चकन्या एफसीले फाइनल जितेको हो।
प्रथम र दोस्रो बिजेता टिमलाई क्रमश नगद रु.३० हजार, रु.२० हजार साथै ट्रफी, मेडल र प्रमाणपत्रले अतिथि एवं आयोजकले पुरस्कृत गर्नु भयो।
युवा तथा खेलकुद बिकास समिति बेलका ९ को आयोजनामा मङ्सिर १९ गते सुरु भएको प्रतियोगितामा जम्मा १६ वटा टिमको सहभागी रहेको आयोजकले बताउनु भयो।


