
२७ बैशाख – बेलका। दोस्रो बेलका सप्तकोशी फ्रेन्ड्शिप कप तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। बेलका नगरपालिका ५ स्थित प्रभाकरी मा. बि. को प्राङ्गणमा उक्त प्रतियोगिता आज सम्पन्न भएको हो।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” त्यसैगरी “प्रतिभाशाली खेलाडी सप्तकोशी डोजाङ्गको सान, अनुशासित युवा हाम्रो अभियान” भन्ने नारा सहित बेलका तेक्वान्दो डोजाङ्ग द्वारा आयोजित प्रतियोगितामा १२० भन्दा बढी सहभागी भएको थियो। जसमा बेलका नगरपालिका प्रथम र सप्तकोशी नगरपालिका दोस्रो बनेको हो।

बेलका तेक्वान्दो डोजाङ्गका मुख्य प्रशिक्षक तथा संयोजक प्रेम तिम्सिना(प्रदिप) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की, बिशिस्ट अतिथि उप प्रमुख जिरा राई, बिशेष अतिथि बेलका ३, ५ का वडा अध्यक्षहरु टंक प्रसाद आचार्य, दिपकराज रेग्मी, बेलका खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई, समाजसेवी, बुद्धिजीवी, शिक्षक/शिक्षिका, खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।