
३ कार्तिक – बेलका। वाइ वाइ दोस्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिता २०८१ सभ्य र भब्य रुपमा उद्घाटन भएको छ। बेलका ६ लेकाली रंगशालामा कार्यक्रमका प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की, बिशेष अतिथि उप प्रमुख जिरा राई, पुर्व नगर प्रमुख दुर्गा कुमार थापा(स्वस्ती) लगायत अन्य अतिथिहरुले बेलुनमा व्यानर उडाएर खेल उद्घाटन गर्नु भएको हो। खेलको उद्घाटन संगै बेलका ६ स्थित लेकाली रंगशालाको पनि आज उद्घाटन गरिएको हो।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, खेलकुद संघका प्रतिनिधिहरु, बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, वडा सदस्यहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, स्वस्थ्यकर्मीहरु, पत्रकार, खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो। आजको उद्घाटन खेलमा गोलबजार स्पोर्स क्लब सिराह लाई ०-४ को फराकिलो गोल अन्तरले हराउदै JSYC सुन्दर हरैचा मोरङ्ग सेमिफाइनल प्रवेश गरेको छ। भोलि कार्तिक ४ गते ब्रदरहुड फुटबल क्लब आयोजक बेलका र एभरेस्ट फुटबल क्लब बराहक्षेत्र सुन्सरी बिच दिउँसो २:३० बजेबाट खेल हुने छ।
“बेलकाको सान, खेलकुद बिकासमा हातेमालो हाम्रो अभियान” भन्ने मुख्य नाराका साथ ब्रदरहुड फुटबल क्लब द्वारा आयोजित यस प्रतियोगिताको मुख्य सहयोग बेलका नगरपालिका, मुख्य प्रायोजक वाइ वाइ (CG), प्रायोजक बुढासुब्बा डाइग्नोष्टिक सेन्टर धरान, संरक्षक बेलका नगरपालिका वडा नं. ६, समन्वय बेलका नगर युवा तथा खेलकुद बिकास समिति, सह आयोजक बुद्ध एकता क्लब बेलका र संस्थापक सहकार्य जलकन्य साँस्कृतिक युवा समुह बेलका ५ मैनी रहेको छ।
विभिन्न जिल्लाका ८ वटा टिम सहभागी रहेको यस प्रतियोगिताका प्रथम र दोस्रो बिजेता टिमले क्रमश: नगद रु,१ लाख , ११ हजार १ सय एघार, ५५ हजार पाँच सय पच्पन्न रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पर्ने छन। आजको उद्घाटन खेल आयोजकका अध्यक्ष रबिन तामाङको अध्यक्षतामा संचालन भएको थियो भने कार्यक्रम संयोजक देबिन मगरले संचालन गर्नु भएको थियो र जानुका कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो।