
१२ असोज – बेलका। वाइ वाइ दोस्रो बेलका गोल्ड कप यहीँ असोज १७ गतेबाट हुने भएको छ। बेलका नगरपालिकाको सभा हलमा आज एक पत्रकार सम्मेलन गरि उक्त गोल्ड कप असोज १७ गते देखि २४ गतेसम्म संचालन हुने आयोजक ब्रदरहुड फुटबल क्लबले जानकारी गराएको हो।
पत्रकार सम्मेलन कार्यक्रममा मुख्य सहयोगको रुपमा रहनु भएका बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्की, उप प्रमुख जिरा राई, बेलका ३ का वडा अध्यक्ष तथा बेलका सरकारका प्रवक्ता टंक प्रसाद आचार्य, बेलका ६ का वडा अध्यक्ष वसन्त कुमार मगर, बेलका युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई, बेलका ९ का कार्यबाहक वडा अध्यक्ष सन्तोस थापा लगायत पत्रकार, सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
प्रतियोगितामा गोलबजार स्पोर्ट्स क्लब सिरहा, JSYC सुन्दर हरैंचा मोरङ, गाईघाट फुटबल क्लब उदयपुर, फेयर फुटबल क्लब धरान सुनसरी `ए´ पोल र दुधौली स्पोर्ट्स क्लब सुन्धुली, राष्ट्रिय जागृति क्लब इटहरी सुन्सरी, एभरेस्ट फुटबल क्लब बराहक्षेत्र सुन्सरी र ब्रदरहुड फुटबल क्लब(आयोजक) `बि´ पोल गरि जम्मा ८ टिमको सहभागीता रहने छ।
वाइ वाइ दोस्रो बेलका गोल्ड कपको बिजेता र उप बिजेता टिमले क्रमशः नगद रु.१,११,१११ र ५५,५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन। साथै बिद्यागत पुरस्कार अन्तर्गत उत्कृष्ट गोल रक्षक, अधिकतम गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीले जनही नगद रु. ५ हजार, ट्रफी पाउने छन भने उत्कृष्ट खेलाडीले नगद रु.७ हजार सहित ट्रफी हात पार्ने छन।
बेलका नगरपालिकाको मुख्य सहयोगमा संचालन हुन लागेको वाइ वाइ दोस्रो बेलका गोल्ड कपको मुख्य प्रायोजक वाइ वाइ(CG), प्रायोजक बुढासुब्बा डाइग्नोस्टिक सेन्टर धरान, संरक्षक बेलका नगरपालिका वडा नं. ६, समन्वय बेलका नगर युवा तथा खेलकुद बिकास समिति, संस्थापक सहकार्य जलकन्या साँस्कृतिक युवा समुह, बेलका ५ मैनी र सह आयोजक बुद्ध एकता क्लब रहेको पत्रकार सम्मेलन मार्फत बताउनु भयो।
“बेलकाको सान, खेलकुद बिकासमा हातेमालो हाम्रो अभियान” भन्ने नाराका साथ हुने उक्त गोल्ड कपको बैंकिङ पार्टनर कुमारी बैंक, हस्पिटल पार्टनर बेलका नगर अस्पताल, होटल पार्टनर बेलका रिभर्स विच रिसोर्ट, फुड एण्ड रेस्टुरेन्ट पार्टनर रंग महल होटल रहेको छ। त्यसैगरी मिडिया पार्टनर रेडियो बेलका एफ. एम. १००.९ मेगाहर्ज, आवर बेलका, बेलका पोस्ट रहनेछ। ईन्टरनेट पार्टनर वोर्ल्ड लिङ्क रहने छ र प्रत्यक्ष प्रसारण Goal Nepal.Com बाट हुने छ।
आज भएको पत्रकार सम्मेलन कार्यक्रम गत बर्षको प्रथम बेलका गोल्ड कपको आयव्यय पनि सार्बजनिक गर्नु भएको थियो। दोस्रो संस्करणको बेलका गोल्ड कप को लागि करिब १६ लाख खर्च अनुमानित गरेको आयोजकले बताउनु भयो।