
७ मङ्सिर – बेलका। प्रथम मैनारानि गोल्डकप फुटबल प्रतियोगितामा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी बिजय हुँदै सेमिफाइनल प्रवेश गरेको छ। टेम्के फुटबल क्लब धरान सुन्सरीलाई ० – १ गोल अन्तरले हराउदै त्रियुगा सेमिफाइनल प्रबेश गरेको हो।
त्रियुगाका लागि दोस्रो हाल्फमा जर्सि नम्बर २३ का सुनिल खड्काले निर्णायक गोल गरेर म्यान अफ दि म्याच घोसित भए। उदयपुर बेलका ८ मेखबारी खेलमैदानमा जारी मैनारानी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेल भोलि मङ्सिर ८ गते गाईघाट फुटबल क्लब उदयपुर र तालतलैया फुटबल क्लब इटहरी सुनसरी बिच दिउँसो ३ बजेबाट खेल हुने आयोजकका संयोजक प्रदेश राई ले बताए।
पन्चकन्या फुटबल क्लब द्वारा मङ्सिर ६ गतेदेखि १३ गतेसम्म संचालित उक्त प्रतियोगिताको बिजेता टिमले नगद रु. १ लाख १ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन भने उप बिजेता टिमले नगद रु.५५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। प्रत्येक खेलमा म्यान अफ दि म्याच साथै बिधागत तर्फ पनि पुरस्कार रहेको आयोजकका अध्यक्ष आशिष संगम राई ले बताए।