असोज २३, बेलका । उदयपुर जिल्ला बेलका नगरपालिकाको वडा हरुमा पुर्व मन्त्रि तथा सांसद डा. नारायण खड्का द्वारा बाढी,डुबान बाट पिडीत परिवार हरुलाई राहत सामग्री बितरण गरिएको छ।
वडा नं ३ दुर्गा मन्दिर स्कुलको प्राङगण बाट एक औपचारिक कार्यक्रमका बिच प्रमुख अतिथि डा. नारायण खड्काले बाढी पिडीत परिवारलाई राहत सामग्री बितरण गरी उदघाटन गरेका थिए। असोज १२ र १३ गते आएको अविरल बर्षाका कारण बेलका नगरपालिका भित्रका वडा नं १,२,३,६ र ८ मा गरी जम्मा १११७ घर परिवार पिडित भएका थिए । प्रति घर जिन्सी सामग्री हरु भुईमा ओछ्याउने म्याट थान १, ब्ल्याङकेट थान १ र लामखुट्टे झुल थान १ का दरले जम्मा रु १६ लाख बराबरको सामग्री बितरण गरिएको छ।
बिभिन्न सामाजिक संघ, संस्थाहरु र दाता हरुलाई सहयोगका लागी नगर सरकारको तर्फ बाट आह्वान गरिए बमोजिम निरन्तर राहत सामग्री बितरण भैई रहेको छ।यसै क्रममा डा. नारायण खड्का यही क्षेत्रबाट गत २०७९ को निर्वाचन द्वारा पुनः निर्वाचित भै निरन्तर चौथो पटकको कार्याकाल सम्हाली रहेका छन र आज उहाँको ब्यक्तिगत तर्फ बाट राहत सामग्री बितरण गरीएको हो ।
सोही क्रममा कोसी कटानको बाँध अझ ब्यवस्थित बनाउनका लागी पहल गर्ने, स्कुल लगायतका भौतिक संरचना निर्माणका लागी पहल गर्ने र आज का सामग्रीहरु नगर प्रमुखको सल्लाह बमोजिम बितरण गरिएको बताउनु भयो।
यस राहत सामग्री बितरण कार्यक्रमको अध्यक्षता वडा नं ३ का अध्यक्ष टंक प्रसाद आचार्यले गरेका थिए भने स्वागत मन्तब्य बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले राखेका थिए ।यसै गरी कार्यक्रममा बिभिन्न वडाका जनप्रतिनिधि,सुरक्षाकर्मी हरुको समेत उपस्थिति रहेको थियो ।