
१३ बैशाख २०८० – बेलका। उदयपुरमा जारी, उदयपुर डान्स स्टुडियो बेल्टार द्वारा आयोजित डान्स च्याम्पियन उदयपुरको पाचौं राउन्डबाट २० जना छनोट भइ अर्को राउन्डमा प्रवेश गरेका छन। बेल्टारको सिटि हलमा आज भएको बेलका, चौदण्डीगढी, त्रियुगा (गाईघाट), कटारी लगायत उदयपुर जिल्लाको विभिन्न पालिकाको पाचौं राउन्डबाट छनोट भइ आएका २५ जना मध्य २० जना छनोट भएको हो।

टप २० मा पुग्नेहरुमा गाईघाटका गरिमा तामाङ, करिना तामाङ, रिज्वल राई, सुबिना बस्नेत, स्रदा अधिकारी, सुस्मा दाहाल त्यसैगरी बेलका रामपुरका बृहस्पति राई, रस्मिना राई, आरती राई, एसिका राई, तावनी राई, सलिना बराइली, बेल्टारका प्रमिता राई, पुजा खत्री, अञ्जली बिस्वकर्मा, आयुस्मा बिस्वकर्मा, मनिता राई, पेनु तामाङ, नेपालटारका गायत्री थापा र चुहाडेका प्रेम मगर रहेका छन।

टप २५ प्रतिस्पर्धीहरुलाई यहीँ बैशाख ३, ४ र ५ गते नेपालकै ख्याति प्राप्त नृत्य निर्देशक तथा कोरियोग्राफरहरुद्वारा नृत्य प्रशिक्षण(वर्कशप) समेत गराइसकेको आयोजकले जनाएको छ। उक्त वर्कशप (नृत्य प्रशिक्षण) मा सहभागी प्रतिस्पर्धीहरुलाई आज प्रमाणपत्र समेत आयोजकले वितरण गर्नु भएको छ।

अर्को छैठौं राउन्ड (टप १५ छनोट) बैशाख २३ गते बेल्टारको सिटि हलमा नै कार्यक्रम हुने उदयपुर डान्स स्टुडियोका निर्देशक तथा डान्स कोरियोग्राफेर प्रेमजङ्ग किराती(राई) ले बताउनु भएको छ।

