
२९ चैत्र २०७९ – बेलका। उदयपुर डान्स स्टुडियो बेल्टार द्वारा आयोजित डान्स च्याम्पियन उदयपुरको चौथो राउन्डबाट २५ जना छनोट भइ अर्को राउन्डमा प्रवेश गरेका छन। बेल्टारको सिटि हलमा आज भएको बेलका, चौउदन्डिगढी, त्रियुगा (गाईघाट), कटारी लगायत उदयपुर जिल्लाको विभिन्न पालिकाको तेस्रो राउन्डबाट छनोट भइ आएका मध्य २५ जना छनोट भएको हो।

छनोट भएका सहभागीहरुको लागि बैशाख ३, ४ र ५ गते नृत्य प्रशिक्षण(वर्कशप) समेत गराउने आयोजकले जानकारी दिनु भएको छ। अर्को (पाचौं) राउन्ड बैशाख ९ गते बेल्टारको सिटि हलमा नै कार्यक्रम हुने उदयपुर डान्स स्टुडियोका निर्देशक तथा डान्स कोरियोग्राफेर(आयोजक) ले बताउनु भएको छ।

