झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका गजमेर (निशा) माथि शुक्रबार दिउँसो करिब साढे ११ बजेतिर गोली प्रहार भएको हो । दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक-५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो । उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ ।
अहिले उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । अस्पताल पुगेका स्थानीय पत्रकार सुदिप अधिकारीका अनुसार चिकित्सकले उनको पेटमा एउटा गोली निकालिसकेको छ । उनको हाल आइसीयुमा उपचार भइरहेको छ । यता गोली चलेको विषयमा घटना बुझ्न प्रहरी टोली अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । अहिले घटनाको विस्तृत विवरण आइसकेको छैन ।