
०८ मङ्सिर – बेलका। बेलका नगर युवा तथा खेलकुद बिकास समिति द्वारा आयोजित प्रथम जिल्ला स्तरीय उपमेयर पुरुष क्रीकेट प्रतियोगिता २०८१ मा कटारी नगरपालिका बिजय भएको छ। बेलका नगरपालिका ६ लेकाली रंगशालामामा आज भएको फाइनल खेलमा कटारीले ८ विकेटको जित निकाल्दै बेलका नगरपालिकालाई पराजित गरेको हो।
जित संगै कटारी नगरपालिका टिमलाई नगद रु.२५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र त्यसैगरी उपबिजेता बेलका नगरपालिका टिमलाई नगद रु.१५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रले अतिथि एवं आयोजकले पुरस्कृत गर्नु भयो।
बेलका नगर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा आज सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की, बिशेष अतिथि बेलका ६ का वडा अध्यक्ष वसन्त मगर , ९ का वडा अध्यक्ष भरत घिमिरे, अतिथिहरु बेलका ६ का वडा सदस्य नारायण राई, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवं बेलका नगर इन्चार्ज राकेश किराँती, नेकपा एमाले बेलका नगर कमिटीका अध्यक्ष हिराजङ राई, नेकपा माओवादी केन्द्र बेलका नगर कमिटीका अध्यक्ष मनोज तामाङ, गणेश बस्नेत, तिर्थ पराजुली, बेलका नगर प्रमुखका स्वकीय सचिब मोहन कार्की, प्रेस संयोजक धुर्व कोइराला, भक्त नारायण श्रेष्ठ अन्य विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, पत्रकार र खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।
बेलका नगर युवा तथा खेलकुद बिकास समितिका सचिब एवं क्रीकेट संयोजक दिपेन मगरको संयोजन र संचालनमा कार्यक्रम सम्पन्न भएको हो।

