
१ असोज – बेलका। उदयपुर जिल्लाको बेलका नगरपालिका ४ स्थित श्री जनता नमुना मा. बि. गुरुङ्गचौरीको आयोजना र नब दृष्टि आई हस्पिटल प्रा. लि. इटहरी सुनसरीको प्राबिधिक सहयोगमा ३ दिने निशुल्क आँखा जाच शिविर सम्पन्न भएको छ। भदौ ३० गते बिद्यालयको हलमा सुरु भएको शिविर आज सम्पन्न भएको हो।
प्र.अ. सम्मर राई का अनुसार शिविरमा विद्यालयका १४८६ जना विद्यार्थीहरु र करिब १६० जना अभिभावक/गैरअभिभावक, शिक्षक/शिक्षिका गरि जम्मा १६०० बढी निशुल्क शिविरमा सहभागी भएका थिए।
बि.व्य.स. अध्यक्ष मनोज तामाङले आँखा अत्यन्तै संबेदनसिल अंग भएकोले निशुल्का शिविरको आयोजनाको आयोजना गरेको बताउनु भयो। आज एक औपचारिक कार्यक्रम बिच नब दृष्टि आई हस्पिटल प्रा. लि. का शिविरमा अहोरात्र खट्नु हुने डाक्टरहरुलाई धन्यवाद ज्ञापन गरि खादा ओढाएर सम्मान पत्र द्वारा सम्मान बि.व्य.स. अध्यक्ष मनोज तामाङ, प्र.अ.सम्मर राई र समग्र विद्यालय परिवारले बदाई गर्नु भएको हो।