१३ जेठ २०८१ बेलका । उदयपुर जिल्लाको बेलका नगरपालिका भित्र रहेको एक मात्र जनता नमुना माध्यमिक विधालय गुरुङचौरीमा बिधार्थिहरुले बिधालयमा भर्ना पाएका छैनन। स्थानिय वासी दुर्गा राउत लगायत अभिभावक हरुले आफ्ना बाल बच्चाहरुको स्कुलले भर्ना लिन नमानेको बताए । यदी आफ्नै घर आगनको स्कुलमा पढाउन नपाउने हो भने टाढाको स्कुल या त प्राईभेट बोर्डिङ स्कुलमा पठाउन बाध्यता आईपर्ने भनि चर्को असन्तुष्टी सहित बिरोध जनाएका छन।
यसै क्रममा बिधालयका प्रधानाध्यापक समर राई सँग कुरा गर्दा नियमित (रेगुलर) बिधार्थी हरु मात्र नभै बोर्डिङ स्कुल लगायत अन्य स्कुलका बिधार्थी हरुको आगमन बढेकोले भवन सँगै कक्षा कोठा भित्रका भौतिक संरचनाको अभावका कारण सबै लाई भर्ना लिन नसकी ब्यवस्थापन समितीको निर्णय बमोजिम प्रबेश परिक्षा (ईन्ट्रान्स एक्जाम) लिन परेको बताउनु भयो।
बिधालय ब्यवस्थापन समितीका अध्यक्ष मनोज तामाङले स्थानिय बिधार्थी मात्र होईन छिमेकी चौदण्डीगढी नगरपालिका,सप्तरी जिल्ला बाट पनि आएर अध्यन गरिरहेको ले तत्काल छात्रबास (होस्टेल) को आवश्यक्ता रहेको हुदा तमाम समस्याहरुको समाधानका लागी सरोकारवाला सबै निकाय र सरकारले ध्यान दिनु पर्ने बताउनु भयो ।