
अन्तर मा. बि. स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा बेलका ४ मा अवस्थित जनता नमुना मा. बि.गुरुङचौरी प्रथम भएको छ। बेलका नगरपालिकाको आयोजनामा पुष ३ देखी ६ गतेसम्म बेलका १ श्री जनता बेलका मा. बि. पुरनदहमा सम्पन्न भएको प्रतियोगितामा १२ गोल्ड मेडल, ८ रजत र २ कास्य पदक सहित जनता नमुना मा.बि. प्रथम भएको हो।
त्यसैगरी जनता बेलका मा. बि. पुरनदह १० गोल्ड मेडल, ३ रजत र ४ कास्य पदक सहित दोस्रो र वरपीपल मा.बि. कमलावारि ४ गोल्ड, १ कास्य सहित तेस्रो भएको हो। जम्मा २८ बिधाको प्रतियोगितामा १९ वडा विद्यालयको ६०० बढि विद्यार्थीहरु सहभागी रहेको थियो।


