२४ चैत्र, बेलका । यहीँ चैत्र २८ बेलका नगरपालिका ५ स्थित जनता मा. बि. को खेल मैदानमा बेलका साँस्कृतिक साँझ २०७९ हुने भएको छ। युनाइटेड बेलका र जलकन्या साँस्कृतिक युवा समुहको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो।
कार्यक्रममा पहिलो नेपाली ताराको बिजेता गायक दिपक लिम्बु र गायिका एवं हाल भइरहेको द भ्वाइस अफ नेपालको कोच प्रबिशा अधिकारी आउने आयोजकले बताउनु भएको छ। मैले त्यही भएर मन पराको, मलाई देशको छ चिन्ता, नाई नभन्नु ल, सिम्पल सिम्पल कान्छिको, एउटा फुल के मागु, मैले माया गर्न जानिन होला आदि गायक दिपक लिम्बुको चर्चित गीतहरु हुन भने फुल होइन, हर युग, रुनु पर्ला आदि गायिका प्रबिशा अधिकारीको चर्चित गीतहरु हुन।
नयाँ बर्ष २०८० सालको आगमन संगै आयोजना गरेको कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बिशेष प्रस्तुति रहने छ। कार्यक्रम बेलुकी ७ बजेबाट सुरु हुने आयोजकले बताउनु भएको छ भने टिकट दर प्रति ब्यक्ति रु.२००/- लाग्ने छ।