
८ माघ – बेलका। उदयपुरकाे बेलका नगरपालिका स्थित कोशी कटान क्षेत्रको मङ्गलवार गृहमन्त्री रमेश लेखक ज्यूले अवलोकन गर्नु भएको छ। बेलका नगरपालिकाका वडा नं. २, ३, ८,९, १ साथै सप्तरीको सप्तकोशी नगरपालिकामा समेत गरी करिब १५ हजार मानिसहरू जोखिम रहेको यस कोशी कटानको दीर्घकालीन समाधानका लागि यही आर्थिक वर्षभित्र गुरु योजना बनाई अगाडि बढ्ने प्रतिबद्धता समेत मन्त्री लेखकले जाहेर गर्नु भयो।
उदयपुर क्षेत्र नं. १ का सांसद, पुर्व परराष्ट मन्त्री माननीय डा. नारायण खड्का, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका महानिर्देशक डा. भीष्म भुषाल, कोशी बक्राहा नदी नियन्त्रणका इन्जिनियर रमेश भट्टराई, बेलका नगरपालिका मेयर अशोक कार्की, वडा अध्यक्षहरु लगायतका अन्य नेताहरुसहित टोलीले बेलका ८ डुम्रीबोटे(कोसी कटानको मुख्य क्षेत्र) को अवलोकन गर्नु भएको हो।
अवलोकन संगै बर्षेनि कोसीले धार परिवर्तन गर्दा हुने कटान तथा डुबानले बेलका नगरपालिका लगायत सप्तरीजिल्लाका ३ वटा नगरपालिका, सुनसरी जिल्लाको एउटा नगरपालिका र एउटा गाउँपालिका गरि ६ वटा पालिकाहरु अत्यन्तै प्रभावित हुने गरेको र ठुलो मात्रामा जनधनको क्षति भइरहेको जनाउदै गृहमन्त्री समक्ष नीति, नियम, गुरुयोजना र यथेष्ट आर्थिक व्यवस्थापनका लागि सादर अनुरोध गर्दै बेलका नगरपालिकामा हुने समस्या समाधान तथा दीर्घकालीन व्यवस्थापनको लागि बेलका नगरपालिकाले ज्ञापनपत्र समेत बुझाउनु भएको छ।

