
१० मङ्सिर – बेलका। प्रथम मैनारानि गोल्डकप फुटबल प्रतियोगितामा गाईघाट फुटबल क्लब, उदयपुर फाइनल प्रवेश गरेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा ० – १ गोल अन्तरले पन्चकन्या फुटबल क्लब बेलका(आयोजक) लाई पराजित गर्दै गाईघाट फाइनल प्रबेश गरेको हो।
खेलको ३४औं मिनेटमा गाईघाटका प्रबिन राई ले गोल गरेका थिए। उक्त गोल नै निर्णायक गोल हुन पुग्यो। आजको म्यान अफ दि म्याच पनि प्रबिन राई नै घोषित भए। उदयपुर बेलका ८ मेखबारी खेलमैदानमा जारी मैनारानी गोल्डकपको दोस्रो सेमिफाइनल खेल भोलि मङ्सिर १२ गते एभरेस्ट फुटबल क्लब बराहक्षेत्र, सुनसरी र न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर, सप्तरी बिच दिउँसो ३ बजेबाट खेल हुने आयोजकका संयोजक प्रदेश राई ले बताए।
पन्चकन्या फुटबल क्लब द्वारा मङ्सिर ६ गतेदेखि १३ गतेसम्म संचालित उक्त प्रतियोगिताको बिजेता टिमले नगद रु. १ लाख १ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन भने उप बिजेता टिमले नगद रु.५५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। प्रत्येक खेलमा म्यान अफ दि म्याच साथै बिधागत तर्फ पनि पुरस्कार रहेको आयोजकका अध्यक्ष आशिष संगम राई ले बताए।

