उदयपुरमा सोमबारबाट तेस्रो उदयपुर खाना परिकार मेला २०८१ त्रियुगा तथा कोशी प्रदेश स्तरीय प्रतियोगीतात्मक लाखे नाच महोत्सव सुरु भएको छ । झिगु नेवाः पुचः गाईघाटको आयोजनामा सोमबारबाट महोत्सव सुरु भएको हो । महोत्सवको एक समारोहका विच त्रियुगा नगरपालिकाका नगर प्रमुख बस्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले पासनमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको थियो । आगामी पौष ८ गते सम्म संचालन हुने महोत्सवमा नेवारी, थारु, राई, दनुवार, तामाङ लगायत विभिन्न जातजातीहरुको परिकारहरुको विक्रि तथा प्रदर्शनीमा राखिएको छ ।
महोत्सवको उद्घाटन गर्दै त्रियुगा नगर प्रमुख बसन्तकुमार बस्नेतले यस किसिमको कार्यक्रमलाई नगरपालिकाले प्राथमिक्तामा राखेर सहयोग गर्दै जाने बताउनु भयो । कार्यक्रम अन्तर्गत पौष २ गते शंख फुक्ने प्रतियोगीता, पौष ३ गते राई जातीको समुहगत चण्डी नाच प्रतियोगीता, पौष ४ गते थारु जातिको सांस्कृतिक नृत्य प्रतियोगीता, पौष ५ गते नेवा छमछमीको पहिलो चरणको प्रतियोगीता, पौष ६ गते लाखे नाच प्रतियोगीता, पौष ७ गते नेवा छमछमीको दोस्रो चरणको प्रतियोगीता र पौष ८ गते नेवा छमछमीको फाईनल प्रतियोगीता हुने झिगु नेवाः पुचः गाईघाटका सचिव गोपाल श्रेष्ठले बताउनु भयो ।
उद्घाटन कार्यक्रममा विभिन्न जातजातीहरुको जातीय झाकी सहित नगर परिक्रमा गरिएको थियो । कार्यक्रमलाई त्रियुृगा नगर प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष सुमन्त कोइराला, वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डे, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली, नेवा देय दवु त्रियुगा नगर अध्यक्ष लेख बहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष विश्वराज तामाङ, कर्मचारी युनियनका अध्यक्ष भगवती खतिवडाले शुभकामना मनतव्य राख्नु भएको थियो ।
गोर्खा ब्रअरी प्रा.लिको प्रमुख प्रायोजनमा सुरु भएको महोत्सव त्रियुगा नगरपालिका र त्रियुगा नगरपालिका वडा नम्बर ११ सह आयोजकको रुपमा रहेको छ । महोत्सवलाई कटारी नगरपालिका, चौदण्डिगढी नगरपालिका र वेलका नगरपालिकाले सहयोग गरेको आयोजक समितिका अध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठले जानकारी दिनु भयो ।