
३ भदौ २०८१ – बेलका। सुनसरी र उदयपुरको सिमानामा पर्ने कोशी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छ। उक्त पुरुष धरान १६ का २५ बर्षिय सुनिल शाह रहेको खुलेको छ।
सिसिटिभी को फुटेज र स्थानीयका अनुसार करिब बेलुकि ४:४० को समयमा को. ९ प. ९८६५ नम्बर भएको स्कुटिमा पुर्व तर्फ(सुनसरी)बाट आएको र स्कुटी, चाबी, मोबाइल, चप्पल त्यहीँ छोडेर आफू पुलबाट नदीमा हाम फालेको जिल्ला प्रहरी सुनसरीका प्रवक्ता नबिन कृष्ण भण्डारीले बताउनु भएको छ। जसको यतिबेला खोजी कार्य भइरहेको छ।