अजम्बर पुलामी –
१३ बैशाख, बेलका । किरात राई यायोक्खा बेलका नगर कार्य समितिको तेस्रो अधिबेशन सप्पन्न भएको छ । बेलका नगरपालिका वडा नं.९ स्थित आदिवासी जनजाति भवनमा सम्पन्न उक्त अधिबेशनबाट रेनुका राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ ।

उपाध्यक्ष देबराज राई, देवन सिंह राई सचिव प्रवीण बान्तवा राई, सह- सचिव कविता राई, कोषाध्यक्ष विश्वराज राई र सदस्यहरु राम प्रसाद राई,रामकुमार राई, हर्क जंग राई, जय बहादुर राई, विवेक राई, भरत राई, खगेन्द्र राई लगात २१ समिति सदस्य चएन भएको छ ।
अधिबेशनको पहिलो चरणको खुल्ला सत्र कार्यक्रमको अध्यक्षता निर्मला राईले गर्नु भएको थियो भने प्रमुख अतिथिमा केन्द्रिय उपाध्यक्ष दोर्पाध्वज राई, विशिष्ट अतिथिमा बेलका नगरपालिकाका उप- प्रमुख जिरा राई, विशेष अतिथि केन्द्रिय सदस्य मान भगवत राई, मनि कुमार राई, नेपाल आदिवासी जनजाति उदयपुर जिल्ला उपाध्यक्ष नवीन राई, किरात राई यायोक्खा उदयपुर जिल्ला सचिव सुरेन्द्र कुमार राई, बेलका नगर आदिवासी जनजाती महासंघ पुर्व अध्यक्ष ललित राई, बेलका जनजाती महासंघका उपाध्यक्ष राम प्रसाद राई, अतिथि किरात राई यायोक्खा सास्कृतिक कलाकार संघ उदयपुर जिल्ला अध्यक्ष संरक्षक राई र आदिवासी जनजाति महासंघ फोनिज पत्रकार संघ प्रदेश इन्चार्ज राजेन्द्र दुष्ट लगायत विभिन्न भाषिक थरगत तथा किरात राई यायोक्खा आबद्ध वडा समितिहरुको उपस्तिथिमा कार्यक्रम सु – सम्पन्न भएको थियो ।
औपचारिक कार्यक्रमलाई किरात राई यायोक्खा बेलका नगर कार्य समितिका सचिव प्रवीण बान्तवा राईले सन्चलान गर्नु भएको थियो ।