असोज २३, बेलका । काठमाडौं देखी धरान जादै गरको बाग्मती प्रदेश ०३-००१ ख २८२७ नम्वरको यात्रु वाहक बस उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ६ शान्तिचौक नजिक दुर्घटना भएको छ।
ईलाका प्रहरी कार्यालय रामपुर बाट उद्दारमा खटिएका प्रहरी प्रतिनिधि को भनाई अनुसार उक्त बसमा चालक सहित ३४ जना रहेको तर के कति यात्रु थिए भन्ने अझै यकिन नभएको बताएका छन । घाईते हरुलाई बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकाको एम्बुलेन्स मार्फत उद्दार गरी बेलका नगरपालिकाको नगर हस्पिटल पठाईएको र केही ब्यक्तिहरु सामान्य उपचार पश्चात घर पठाई सकिएको छ भने यहाँ उपचार सम्भव नभएका घाईते हरुलाई विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान रेफर गरिएको जस मध्ये २ जना गम्भिर घाईते भएको जानकारी प्राप्त भएको छ।
बस सडक बाट लगभग ३० फिट तल खसेको र बिशेष गरी यो दुर्घटना सडक खाल्डाखुल्डी साथै अबैज्ञानिक सडक निर्माणका कारण भएको स्थानिय बासीहरुको भनाई छ। यही स्थानमा गत राती स्कुटर र आज दिउसो ३ बजे को समय आसपास बागमति प्रदेश ०१-०२६ च ७६२० नम्वरको कार दुर्घटना भएको स्थानिय बासीले बताएका छन।
पटक पटक हुने यस प्रकारका दुर्घटना न्युनिकरण का लागी सडक बिभाग र सरोकारवाला निकायले तत्काल मर्मत साथै सडकको सुधार वा समस्या पत्ता लगाएर सुधार नगरिए यस्ता गम्भिर दुर्घटना हरु बढ्दै जाने निस्चित छ ।