
मंसीर १, बेलका । काठमाडौं जिल्ला होटल ब्यवसायि संघको छैठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन बाट बेलका एफ.एम. का संचालक समिती अध्यक्ष महेन्द्र राई,होटल ब्यवसायि हरुको हक र हितमा काम गर्ने साझा संस्थाको उपाध्यक्ष जस्तो पदमा निर्वाचित भएका छन।
उदयपुर जिल्ला, बेलका नगरपालिका स्थायी निवासी राई २०८१ कातिक ७ गते सम्पन्न भएको उक्त अधिबेशनको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम मार्फत आज सफत लिएको र आफुले पाएको जिम्मेवारी लाई सबै सरोकारवाला ब्यक्ति,क्षेत्र संग समन्वय,सहकार्य गर्ने साथै होटल तथा पर्यटन ब्यवसायमा थप टेवा पुर्याउने आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत प्रतिबद्दता राख्दै निर्वाचनमा महत्वपुर्ण भुमिका खेल्ने संस्था र ब्यक्ति हरु प्रति धन्यवाद ब्यक्त गरेका छन।
