
७ पुष – बेलका। उदयपुर जिल्लाको बेलका नगरपालिकामा जारी प्रथम जिल्ला स्तरीय क्रीकेट प्रतियोगिता २०८१ मा कटारी नगरपालिका फाइनलमा प्रवेश गरेको छ। बेलका नगर युवा तथा खेलकुद बिकास समितीको आयोजनामा बेलका ६ लेकाली रंगशालामा आज भएको खेलमा त्रियुगा नगरपालिकालाई पराजित गर्दै कटारी फाइनलमा प्रवेश गरेको हो।
आजको म्यान अफ द म्याच कटारीका दिपक तामाङ घोषित भए। उनलाई बेलका क्रीकेट संयोजक दिपेन मगरले नगद रु.११००/- ले पुरस्कृत गरेका थिए। फाइनल खेल कटारी नगरपालिका र बेलका नगरपालिका बिच भोलि(सोमबार) बिहान ११ बजेबाट खेल हुने बेलका खेलकुद समितिका अध्यक्ष गोपिलाल राई ले बताए।
यस प्रतियोगिताको बिजेता टिमले नगद रु.२५ हजार उपबिजेता टिमले नगद रु.१५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन।