
९ मङ्सिर – बेलका। प्रथम मैनारानि गोल्डकप फुटबल प्रतियोगितामा आज भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा बसाहा फुटबल क्लब चौदण्डिगढी, उदयपुरलाई हराउदै एभरेस्ट फुटबल क्लब बराहक्षेत्र, सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ। खेल समयावधि भित्रमा १-१ गोल बराबरी भएपछि ट्राइब्रेकरमा ३-२ गोल अन्तरले जित हासिल गर्दै एभरेस्ट फुटबल क्लब सेमिफाइनल प्रबेश गरेको हो।
आजको म्यान अफ दि म्याच एभरेस्ट फुटबलका गोल रक्षक सौरभ बराल घोषित भए। उदयपुर बेलका ८ मेखबारी खेलमैदानमा जारी मैनारानी गोल्डकपको पहिलो सेमिफाइनल खेल भोलि मङ्सिर १० गते पन्चकन्या फुटबल क्लब बेलका(आयोजक), उदयपुर र गाईघाट फुटबल क्लब, उदयपुर बिच दिउँसो ३ बजेबाट खेल हुने आयोजकका संयोजक प्रदेश राई ले बताए।
पन्चकन्या फुटबल क्लब द्वारा मङ्सिर ६ गतेदेखि १३ गतेसम्म संचालित उक्त प्रतियोगिताको बिजेता टिमले नगद रु. १ लाख १ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन भने उप बिजेता टिमले नगद रु.५५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। प्रत्येक खेलमा म्यान अफ दि म्याच साथै बिधागत तर्फ पनि पुरस्कार रहेको आयोजकका अध्यक्ष आशिष संगम राई ले बताए।