
बेलका। प्रथम मैनारानि गोल्डकप फुटबल प्रतियोगितामा एभरेस्ट फुटबल क्लब बराहक्षेत्र, सुन्सरी फाइनल प्रवेश गरेको छ। मंगलबार भएको सेमिफाइनल खेलमा १ – १ गोलले बराबरी भएपछि ट्राइब्रेकरमा ४ – २ गोलले न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर, सप्तरीलाई पराजित गर्दै एभरेस्ट फुटबल क्लब फाइनल प्रबेश गरेको हो।
खेलको म्यान अफ दि म्याच एभरेस्ट फुटबल क्लबका आकाश राई घोषित भए। उदयपुर बेलका ८ मेखबारी खेलमैदानमा जारी मैनारानी गोल्डकपको फाइनल खेल भोलि मङ्सिर १३ गते एभरेस्ट फुटबल क्लब सुनसरी र गाईघाट फुटबल क्लब उदयपुर बिच दिउँसो ३ बजेबाट खेल हुने आयोजकका संयोजक प्रदेश राई ले बताए।
पन्चकन्या फुटबल क्लब द्वारा मङ्सिर ६ गतेदेखि १३ गतेसम्म संचालित उक्त प्रतियोगिताको बिजेता टिमले नगद रु. १ लाख १ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन भने उप बिजेता टिमले नगद रु.५५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। प्रत्येक खेलमा म्यान अफ दि म्याच साथै बिधागत तर्फ पनि पुरस्कार रहेको आयोजकका अध्यक्ष आशिष संगम राई ले बताए।



