०४ फाल्गुन,बेलका । नेपाल-भारत सहयोग कार्यक्रम अन्तर्गत भारत सरकारकोआर्थिक अनुदान र बेलका नगरपालिकाको लागत साझेदारीमा उदयपुर जिल्लाको बेलका नगरपालिका स्थित बेलका जनता माध्यमिक बिद्यालयको नवनिर्मित बिद्यालय भवनको उद्घाटन भएको छ ।
भारतीय राजदुतावास काठमाडौ नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तव, उदयपुर निर्वाचन क्षेत्र नं.-१ का प्रतिनिधिसभा सदस्य माननीय डा. नारायण खड्का र बेलका नगरपालिका मेयर अशोक कार्की ले औपचारिक रूपमा बिद्यालयको उद्घाटन गरेका हुन् ।
यस भवनको कुल अनुमानित लागत ५ करोड ६७ लाख ५९ हजार ५ सय ७१ र ९१ पैसा रहेको थियो। खुल्ला बोलपत्र मार्फत सबैभन्दा कम अङ्क रुपैँया कबोल गर्ने निर्माण कम्पनी समृद्ध सम्पन्न विजय सृजना जेभि नयाँ बानेश्वर काठमाडौंले ४ करोड ३३ लाख ५३ हजार ५ सय १ र ३१ पैसा लागतमा २०८० साल असोज ३० गते सम्झौता भई निर्माण कार्य सुरु गरेको थियो।

उक्त कार्यक्रममा राजनीतिज्ञ,जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।
सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय राजदुतावास र बेलका नगरपालिका बीच कार्यक्रम कार्यान्वयनार्थ भएको त्रिपक्षिय सम्झौतामा निर्माण सम्पन्न भएको सुबिधासपन्न २४ कोठे विद्यालय भवन हो ।
भारतीय राजदुतावास, काठमाडौ नियोग उप-प्रमुख श्रीवास्तवले यी परियोजना भारत र नेपालबिचको सम्बन्ध विकासको बलियो साझेदारीको एक महत्त्वपूर्ण हिस्सा भएको बताएका छन् ।साथै उनीहरुले यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरुलाई समेत समेटिएको बताए ।

पूर्वपरराष्ट्र मन्त्री मा. डा. नारायण ज्यूले कार्यक्रममा मन्तव्य व्यक्त गर्दै यस २४ कोठे भवनले ग्रामीण भेगको शैक्षिक गुणस्तर उल्लेखनीय भूमिका खेल्ने जनाउनुभयो। यसका साथै मा. खड्का ले निर्माण कार्य सम्पन्न पछि बाकी रहेको १ करोड ३३ लाख रकमको यसै विद्यालयमा कम्प्युटर ल्याब र फर्निचरमा खर्च गरिने कुरा समेत उल्लेख गर्नुभयो।

बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्कीले यस योजनाको सुरुवाती चरणहरुमा विभिन्न चुनौतीहरु आए पनि निर्माण योजनालाई समयमै सम्पन्न गरेको कुरा उल्लेख गर्नु भयो। यसका साथै नगर प्रमुख कार्कीले बाटो, विद्यालय र कोशी व्यवस्थापनमा समेत मा. डा. नारायण खड्का र नियोग उप प्रमुख प्रशन्न श्रीवास्तव ज्यूको ध्यान ध्यानाकर्षण समेत गराउनुभयो।

त्यसैगरी कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जिरा राई ले यस योजना सुरुवात र सम्पन्न गर्न मुख्य भूमिका खेल्नु हुने संघीय सांसद माननीय डा. नारायण खड्का र भारतीय राजदुतावासका नियोग उप प्रमुख श्रीवास्तव लाई कृतज्ञता प्रकट गर्नुहुँदै समुदायका विद्यालयहरुलाई समुदायले नै अपनत्व लिई अगाडि बढाउनुपर्ने कुरालाई जोड दिनुभयो।

यस विद्यालयमा प्ले ग्रुपदेखी प्लस टु लेभलसम्मको पढाई हुन्छ । हाल यस विद्यालयमा करिब ५५० विद्यार्थीहरु रहेका छन् ।