१ पौष २०८० – बेलका। उदयपुर जिल्लाको बेलका नगरपालिका ९ रामपुरमा पहिचानवादीहरु द्वारा चक्का जाम गरि शान्तिपूर्ण र्याली र कोण सभा गरेको छ।
आदिवासी जनजाती महासंघ, किरात राई यायोक्खा, विभिन्न राजनीतिक दल, जातीय संस्था, स्वतन्त्र नागरिक एवं अनेकौं पक्षधरका अगुवाइ र उपस्थितमा उक्त चक्काजाम, र्याली र कोण सभा सम्पन्न भएको हो।
विगत लामो समय देखि प्रदेश नम्बर १ मा प्रदेश नम्बर १ को नाम कोशी खारेजको माग हुँदै विभिन्न चरणको आन्दोलन भइरहेको छ। जस अन्तर्गत उक्त आन्दोलनको क्रममा पक्राउमा परेकाहरुलाई बिनासर्त रिहाईको माग अनुसार हिजो मङ्सिर ३० र आज पौष १ गते प्रदेश नम्बर १ भरी नै बन्दको आह्वान पहिचान पक्षधर ले गरे अनुसार आज बेलकामा पनि शान्तिपुर्ण चक्काजाम, नारा सहितको र्याली र कोण सभा भएको हो।
