बेलका , ३१ भाद्र । उदयपुरको बेलका नगर पालिका ९ रामपुर बजारमा एक्सेल डेभलपमेन्ट बैंक को ४५ औं शाखा उद्घाटन भएको छ । आज एक समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्कीले पानस मा बत्ति बालेर र रिवन काटेर उद्घाटन गरेका हुन।
आर्थिक र ब्यापारिक दृष्टिकोणलाई तिब्र बिस्तार हुदै गएको रामपुर बजारमा ग्राहकहरु लाई विभिन्न किसिमका निक्षेप योजना मार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता बमोजिम आवश, सवारीसाधन, ब्याक्तीगत, ब्यापारी लगाएत कर्जा सुबिधा लिन सक्ने सुबिधा प्रदान गर्नुका साथै उनीहरु कै रोजाईको माध्यम अर्थात ABBS, C-ASBA, IPS, Connect IPS, Online Clearing, QR Code तथा Smart Mobile Banking, भारत र भुटान समेतमा प्रयोग गर्न सकिने सुबिधा सहितको Visa Debit Card, रेमिटान्स सेवा लगायतका अधिकाश बैकिङ सेवाहरु उक्त नवौ स्थापित शाखा कार्यलय रापपुर बाट प्रदान गरिने एक्सेल डेभलपमेन्ट बैंक ले जनाएको छ ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, बेलका उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न राजनीतिक दल, सुरक्षा निकाय, सहकारी संस्था, ब्यापारी, स्थानीय लगायतको उपस्तिथि रहेको थियोे । एक्सेल डेभलपमेन्ट लि. का सस्थापक डा. रुपक प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको शाखा उद्घाटन कार्यक्रममा बैंक का सहायक महाप्रबन्धक अशोक क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए ।बैंक को बर्तमान गतिविधि हरुको बारेमा प्रमुख कार्यकारी अधिकृत डा. इन्द्र कुमार कटेलले प्रकाश पारेका थिए भने प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की साथै तिर्थ पराजुली देब नारायण चौधरीले आफ्नो मन्तव्य सहित शुभकामना प्रदान गरेका थिए। सोही कार्यक्रममा रामपुर बजारको सरसफाइमा सहयोग पुराउने हेतुले बैंक बाट ११ थान डस्ट्बिन र स्थानीय ११ जना टेम्पू चालकहरुलाइ ट्राफिक लाइट भएको ज्याकेट उपलब्ध समेत गरेको थियो ।कार्यक्रमको सन्चालन बैंक का कम्पनी सचिब श्री श्याम बहादुर बोहराले गरेका थिए ।









